Posted: November 9th, 2009 under Forum, News, Notice, Online Jobs.

हाम्रो टिमका सम्पूर्ण सदस्यहरुमा म यस संस्थाको प्रमुख ब्यबस्थापकको हैसियतले हाम्रो टिमका सदस्यहरुमाझमा केही कुराको घोषणा गर्न चाहन्छु।
हाम्रो टिम आजभन्दा करिब तीन बर्ष अघी नेपालमा अनलाइन जबको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने क्रममा सुरु भएको हो। जसमा म लगायत हाम्रो टिमका पूर्व संचालक र हालका हाम्रो टिमको प्राविधिक इन्जिनियरको संलग्नता थियो। त्यसको केही समय पश्चात ब्यक्तिगत कारणवस मैले हाम्रो टिमलाई समय दिन सकिन ।

हाम्रो टिमले व्यवसायिक रुपमा आफ्नो काम २०६५ सालको क्यान इन्फोटेकबाट सुरु गर्‍यो। नेपालमा आँफैले सफ्टवेयर बनाई काम सुरु गरेको यस कम्पनिले, प्राविधिक रुपमा दक्ष हुँदा हुँदै पनि आर्थिक कारणले गर्दा यो साझेदारी कम्पनी व्यबस्थितरुपमा अघी बढ्न नसकेको मैले देखें।

यस्तो अवस्थामा मैले हाम्रो टिम आर्थिक एबं व्यवस्थापकिय रुपमा अघी बढोस भनी लगानी गरी यो कम्पनी एकल रुपमा सन्चालन गर्ने जिम्मा लिएको छु। आजसम्म जती पनि कमीकमजोरी भए, सो कमिकमजोरी पुन: हुन नदिन मेरो भरपुर प्रयत्न रहनेछ।

पहिलेको प्रणाली अनुसार सदस्यले अनिवार्य १०० डलर पुगे पछी मात्र आफ्नो रकम प्राप्त गर्ने व्यबस्था थियो। जसका लागि कम्तिमा ३ महिना कुर्नु पर्ने बाध्यता पनि मैले देखें। यो प्रणालीलाई परिवर्तन गरेर नयाँ व्यवस्था लागु गर्ने भएको छु। जस अनुसार पहिलो महिनाको अन्तिम तारिखसम्म जम्मा भएको अंकको आधारमा दोस्रो महिनाको अन्तिम तारिखमा सदस्यहरुलाई भुक्तानी दिइनेछ।

हाम्रो टिममा अब नयाँ प्रविधि, काम गर्ने तरिका, नयाँ प्रोजेक्टहरु आदि क्रमिक रुपमा विकास गरिंदै छ। उक्त कुराहरुको बारेमा जान्नका लागि हाम्रो अधिकारिक ब्लग नियमित रुपमा हेर्नुहुन समेत अनुरोध गर्दछु।
साथै आफ्नो केही समस्या अथवा जिज्ञासा भएमा हाम्रो टिमको फोरममा आफ्नो  समस्या अथवा जिज्ञासा राखी सुझाब एबं सल्लाह पाउनु हुनेछ र साथै अरु सदस्यहरुको जिज्ञासा, बिचार  वा समस्यामा आफ्नो राय दिनसक्नु हुनेछ।

अन्त्यमा सम्पूर्ण हाम्रो टिमका सदस्यहरुलाई हाम्रो टिम पुन: पूर्णरुपमा सन्चालन भएको घोषणा गर्दै तपाईंको आर्थिक उन्नतिमा हाम्रो टिमको सदैव हात रहोस् भन्दै विदा चाहन्छु।

अबिनाश तामाङ
प्रमुख ब्यबस्थापक

1 Comment »

RSS feed for comments on this post. TrackBack URL

Leave a comment

You must be logged in to post a comment.